काठमाडौं । काठमाडौं महानगरले महानगरका पुर्ण अशक्त व्यक्तिहरुका लागि दिँदै आएको भत्तामा वृद्धि गरेको छ । महानगरका मेयर बालेन्द्र शाहाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त निर्णय गरेका हुन् ।
महानगरले पुर्ण रुपमा अशक्त भएका 'क' वर्गका व्यक्तीहरुलाई दिँइदै आएको वार्षिक ३ हजार रुपैयाँमा ३ हजार नै वृद्धि गरि वार्षिक ६ हजार दिने निर्णय गरेको हो । साथै ७० वर्ष माथिका जेष्ठ नागरिकलाई महानगरले घरघरमा गएर स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउने समेत निर्णय गरेको छ ।