काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र सञ्चालित निजी विद्यालयबाट महानगरले थप कर असुल्ने भएको छ । शिक्षा कोषमा जम्मा हुनेगरी यस्तो कर असुल्न लागिएको हो ।
निजी क्षेत्रका विद्यालयबाट उठाइने उक्त कोषको रकम विपन्न बालबालिकाको शिक्षाका लागि खर्च गरिने महानगरपालिकाका मेयर बालेन्द्र साहले बताए ।
यस्तो करको दर आगामी असार १० गते प्रस्तुत हुने बजेटमा उल्लेख हुनेछ ।