काठमाडौं । बंगलादेशमा इन्धनको आपूर्ति घटाउन बेलुका ८ बजे पछि कुनैपनि व्यवसायहरु सञ्चालन नगर्ने निर्णय गरेकाे छ । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले नै बेलुका ८ बजे पछि पसल, होटल तथा रेष्टुरेन्टहरु बन्द गर्न आदेश दिएकी हुन् ।
शुक्रबार राति प्रधानमन्त्री कार्यालयका महानिर्देशक मोहम्मद अहसान किबरिया सिद्दिकीले हस्ताक्षर गरेपछि सो निर्देशन दिएको हो । विश्वव्यापी रूपमा विद्युत् र ऊर्जाको मूल्यमा भइरहेको निरन्तर मूल्यवृद्धिको अवस्थामा देशको शक्ति र ऊर्जा बचत गर्नु मुख्य उद्देश्य रहेको छ ।
यसका साथै बङ्गलादेश रहेको सार्वजनिक सुरक्षा महाशाखा, वाणिज्य मन्त्रालय, ऊर्जा तथा खनिज श्रोत महाशाखा, स्थानीय सरकार महाशाखा, विद्युत् महाशाखा, उद्योग मन्त्रालय, कलकारखाना तथा प्रतिष्ठान निरीक्षण विभागलगायत सम्बन्धित मन्त्रालय तथा महाशाखाका सचिवहरू, प्रहरी नायव महानिरीक्षकहरूलाई यस्तो आदेश दिइएको हो ।



