images
images

पहिरो खस्दा पृथ्वीराजमार्गको सडक अवरुद्ध


  • 406
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    पहिरो खस्दा पृथ्वीराजमार्गको सडक अवरुद्ध

    काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो । 

    सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिरा हटाएर राजमार्ग सुचारु गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मुग्लिन पोखरा सडक विस्तारका लागि भित्ता खन्ने काम भइरहेकाले यहाँ बेला–बेलामा पहिरा खसिरहेको छ ।


    images
    images

    Logo