काठमाडौं । चलचित्र विकास बोर्डमा अध्यक्ष लागि आवेदन खुलेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना जारी गर्दै इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।
अध्यक्ष बन्नका लागि ३० देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले आवेदन दिन पाउनेछन् । स्नातक उतीर्ण भइ १० वर्ष चलचित्र क्षेत्रमा काम गरेको वा प्रविणता प्रमाणपत्र उतीर्ण भइ २० वर्ष योे क्षेत्रमा संलग्न भएको व्यक्ति अध्यक्षको आवेदन दिन योग्य हुने जनाइएको छ ।
जेठ २२ गते अध्यक्ष दयाराम दाहालको २ वर्षे कार्यकाल सकिएपछि बोर्डआ अध्यक्ष रिक्त छ । सो पदका लागि भुवन केसी, रवीन्द्र खड्का, राजकुमार राई, सुचित्रा सिंह, नारायण पुरी, रमेश पौडेल, रमेश बुढाथोकी लगायत आकांक्षी छन् ।
