काठमाडौं । मंकीपक्सको आशंका गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका व्यक्तिमा कुष्ठरोग भएको पुष्टि भएको छ।दुबईबाट नेपाल आएका २६ वर्षीय एक पुरुषमा मंकीपक्सको आशंका गरिएपछि शुक्रराज अस्पतालमा भर्ना गरिएको थियो। ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीले विभिन्न ६ ठाउँबाट स्लीट स्कीन स्मेयर जाँच गर्दा आँखा र कानको तीन वटा नमुनामा कुष्ठरोगको जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हेल्थ डेस्कमा परीक्षणका क्रममा उनमा मंकीपक्सको शंकास्पद लक्षण देखिएपछि टेकु लगिएको थियो। जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै अहिलेसम्म २९ वटा देशमा मङ्किपक्स देखापरेको र १ हजारभन्दा बढी सङ्क्रमित भएका मन्त्रालयले जनाएको छ ।
हालसम्म विश्वका २९ देशमा मंकीपक्स देखा परेको र एक हजारभन्दा बढी संक्रमित भइसकेका छन् l विश्वव्यापी रुपमा बढ्दै गएको मंकिपक्सको संक्रमण बारे सचेत र सतर्क अवस्थामा रहन मन्त्रालयले जनाएको छ।




