काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई मलको व्यवस्था गर्न सरकारलाई रुलिङ गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा उनले रासायनिक मल अभावको विषय ध्यानाकर्षण गर्दै यथाशीघ्र किसानलाई मल उपलब्ध गराउन सरकारका कृषिमन्त्रीलाई रुलिङ गरेका हुन् ।
‘खेतीको समयमा पनि रासायनिक मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकषर्ण भएको छ । यथाशीघ्र किसानलाई मल उपलब्ध गराउने गरी व्यवस्थापन गर्न गराउन सम्बधित मन्त्रीको ध्यानाकर्षण गराउँछु’ सभामुख सापकोटाले भने ।