काठमाडौं । सुनचाँदी बजारमा आज एकैदिन सुनको मुल्य १४ सय रुपैयाँले बढेको छ । बिहीवार छापावाला सुनको मुल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।



