काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ८ सय रुपैयाँले घटेको छ । सोमबार छापावाला सुनको प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोवार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतवार प्रतितोला ९९ हजार रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।



