काठमाडौं । सुनचाँदी बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९८ अजार ५ सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्यमा २० रुपैयाँले घटेर प्रतितोला १ शजार ३ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।



