images
images

एकैदिन १२ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?


  • 674
    SHARES
  • २०७९ बैशाख १६ गते शुक्रबार

    एकैदिन १२ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १२ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo