काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्यम प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।



