images
images

सुनको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ?


  • 379
    SHARES
  • २०७९ बैशाख ५ गते सोमबार

    सुनको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ?

    काठमाडौं । आज सुनको मुल्यमा वृद्धि भएको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार छापावाला सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोवार भएको सुनको मुल्यमा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo