काठमाडौं । आज सुनको मुल्यमा वृद्धि भएको छ । बुधबार छापावाला सुन १ लाख १ हजार ५ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ६ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्यमा २० रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।



