काठमाडौं । आज मुल्य गिरावट छ । सोमबार सुन प्रतितोला १ लाख १ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।



