images
images

चालक नहुँदा थन्कियो १४ करोडको ब्रुमर


  • 531
    SHARES
  • २०७८ चैत्र २८ गते सोमबार

    चालक नहुँदा थन्कियो १४ करोडको ब्रुमर

    काठमाडौं । काठमाडौं महानगरपालिकाका तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ। ब्रुमर नभएपछि कामनपाले बाटो बढार्न सकेको छैन।

    ब्रुमरसँगै ३ वर्षसम्म चालक दिने सहमति भएको थियो।  ब्रुमरसँग आएका चालकको म्याद सकिएपछि ब्रुमर थन्किएको हो। कामनपा वातावरण विभाग प्रमुख सरिता राईले चालक नभएका कारण बुमर थन्किएको स्वीकार्दै भनीन् सम्झौताको मिति सकिएका कारण चालक बिदा भएका छन्, अब नयाँ प्रक्रिया थालेर चालक आएपछि ब्रुमर सञ्चालन हुनेछ। हाल सातवटा ब्रुमर राष्ट्रिय सभागृहमा थन्काएर राखिएको छ।

    सभागृहमा धुलाम्य अवस्थामा रहेको ब्रुमर हेर्दा ब्रुमरको धूलो सफा गर्नुपर्ने अवस्था छ। कामनपाका एक कर्मचारी भन्छन् हामीले हेर्दा त ब्रुमरले बाटो सफा गर्ने होइन, अब कामपाका कर्मचारीले ब्रुमरको धूलो सफा गर्नुपर्ने अवस्थामा छ । 

    आफूहरूले तत्काल चालक खोजेर ब्रुमर सञ्चालन गर्न आग्रह गरिरहेको भए तापनि तैपनि कसैले नसुनेको उनको गुनासो छ।


    images
    images

    Logo