काठमाडौं । सुनको मुल्य प्रतितोला एक लाख रुपैयाँ कटेको छ । आइतबार प्रतितोला सुन १ लाख ३ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोवार भएकोमा आज एकैदिन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्यमा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ६५रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।



