काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । सोमबार छापावाल सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको छापावाल सुन सोमबार ६ सय रुपैयाँले घटेर ९८ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य आज १० रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



