काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ८ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ८ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोवार भएको छ । त्यसैगरी चाँदीको मुल्य १० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।



