images
images

रिभर फल्स पावरको आईपीओ चैत २७ गतेदेखि


  • 790
    SHARES
  • २०७८ चैत्र १८ गते शुक्रबार

    रिभर फल्स पावरको आईपीओ चैत २७ गतेदेखि

    काठमाडौं । रिभर फल्सको आईपीओ चैत २७ गतेदेखि आउने भएको छ । कम्पनीले साधारण शेयर आयोजना प्रभावित जिल्ला संखुवासभाको लागि छुट्याएको ७ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

    यसका लागि छिटोमा वैशाख ११ र ढिलोमा वैशाख २६ गतेसम्म आवेदन खुला रहने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । यो अवधिमा शेयर बिक्री नभए बिक्री नभएको शेयर सर्वसाधारण शेयरधनीलाई थप गरेर बिक्री गरिने जनाइएको छ । 

    उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्।उक्त आईपीओ  स्थानीयवासीका लागि जारी भएको शेयर बाँडफाँट सकिएपछि मात्रै सर्वसाधारणलाई शेयर जारी हुनेछ ।


    images
    images

    Logo