काठमाडौं । आज सुनको मूल्य वृद्धि भएको छ । बिहीबार छापावाला सुन प्रतितोला ९८ हजार ९सय रुपैयाँ कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ । चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।



