काठमाडौं । आज सुनको मुल्य ४ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोवार भएको छ ।
मंगलबार सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्य प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



