काठमाडौं । उपकार लघुवित्तको आईपीओ चैत २५ गतेदेखि आउने भएको छ । कम्पनीले सर्वसाधारण शेयरधनीका लागि छुट्याएको २ लाख ३६ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
निष्काशन गरिने २ लाख ३६ हजार कित्ता शेयर मध्ये ३ हजार २ सय ८१ कित्ता कर्मचारीका लागि र ११ हजार ८ सय १३ कित्ता सामूहिक लागनी कोषका लागि छुट्याएको छ । र बाँकी २ लाख २१ हजार कित्ता शेयर सर्वसाधारणको लागि वितरण हुनेछ ।
उक्त आईपीओमा छिटोमा चैत २९ गते र ढिलोमा वैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्।