images
images

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 459
    SHARES
  • २०७८ चैत्र १६ गते बुधबार

    ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र  आरम्भ चौतारी लघुवित्ले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि चैत १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ चैत १६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउँनेछन् । 

    सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत  नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत ३० गते साधारणसभा बोलाएको छ। 

    त्यसैगरी, प्रभु इन्स्योरेन्सले  चैत ३० गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७७/७८ कोे मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    त्यस्तै,  आरम्भ चौतारी लघुवित्तको २१ प्रतिशत बोनस शेयर वितरणका प्रस्ताव पारितको लागि चैत २७ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले चैत १७ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।

    यस अनुसार चैत १६ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo