images
images

प्राइम कमर्सियल बैंकको साढे २ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि


  • 482
    SHARES
  • २०७८ चैत्र १६ गते बुधबार

    प्राइम कमर्सियल बैंकको साढे २ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि

    काठमाडौं । प्राइम कमर्सियल बैंकले आजदेखि साढे २ अर्ब रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा उक्त ऋणपत्र खुल्ला गरेको हो । 

    बैंकले प्राइम डिभेन्चर, २०८८’ निष्काशन गरेको हो। बैंकले प्रतिकित्ता  १ हजार रुपैयाँ अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।  सो ऋणपत्रको अवधि १० वर्षको रहनेछ ।

    कुल कित्ता मध्ये १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

    सो ऋणपत्र खरिदका लागि छिटोमा चैत २१ गते र ढिलोमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंङ्ग रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।


    images
    images

    Logo