काठमाडौं । बलेफी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले सर्वसाधारण शेयरधनीका लागि छुट्याएको १८ लाख २७ हजार कित्ता शेयरका लागि बुधबारदेखि आवेदन खुला हुन लागेको हो ।
निष्काशन गरिने शेयरमध्ये ७३ हजार १ सय १९ कित्ता शेयर कर्मचारीका लागि र ९१ हजार ३ सय ९८ कित्ता शेयर सामुहिक लागानी कोषको लागि छुट्याएको छ । र बाँकी १६ लाख ६३ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्न लागिएको छ ।
उक्त आईपीओमा छिटोमा चैत २१ गते र ढिलोमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।
इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
कस्तो छ कम्पनी ?
यो कम्पनीले सिन्धुपाल्चोकमा ३६ मेगावाटको आयोजना निर्माण गर्दैछ । यसको प्रतिमेगावाट लागत २१ करोड २६ लाख रुपैयाँ रहेको छ जुन औसत मूल्य बराबर नै हो । यो आयोजनाको पेब्याक पिरियड ७.५४ वर्ष र डिस्काउन्टेड पेब्याक पिरियड १४.१० वर्ष रहेको छ ।



