images
images

टक्सार पिखुवाखोला हाइड्रोपावरले आइपिओ जारी गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त


  • 506
    SHARES
  • २०७८ चैत्र १३ गते आइतबार

    टक्सार पिखुवाखोला हाइड्रोपावरले आइपिओ जारी गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

    काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको ४४ प्रतिशत अर्थात ४७ करोड ५२ लाख रुपैयाँ बराबरको ४७ लाख ५२ हजार कित्ता आईपीओ आयोजना प्रभावित, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि बिक्री गर्ने भएको हो । 

    कम्पनीले आईपीओ निष्काशन तथा बिक्री कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । दुवै कम्पनीबीच आईपीओ निष्काशन प्रक्रियाका लागि चैत्र १३ गते आइतबार सम्झौता भएको छ । 

    सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
     
    कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा अवस्थित पिखुवा खोलामा टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरी रहेको छ । ८ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको निर्माण कार्य सम्पन्न गरी २०७८ साल वैशाख १ गतेदेखि नै विद्युतको व्यापारिक उत्पादन गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ ।

     


    images
    images

    Logo