काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका लागि अन्तिम मतदाताको टुङ्गो लगाएको छ । आयोगका अनुसार निर्वाचनका लागि मतादाता सूचीमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन् । सोमध्ये महिला भन्दापुरुषको संख्या बढी छ ।
निर्वाचनका लागि पुरुषको संख्या कुल ८० लाख ९२ हजार रहँदा महिलाको कुल ७८ लाख ४१ हजार रहेका छन् ।
अघिल्लो चुनावमा मतदाता नामावलीमा १ करोड ४० लाख मतदाता थिए । प्रतिनिधिसभा र प्रदेशसभाको चुवावमा यस्तो संख्या १ करोड ५४ लाख पुगेको थियो । यो तुलनामा पछिल्लो ४ वर्षमा ३६ लाख ५९ हजार मतदाता थपिएको छ ।