काठमाडौं । आज सुनको मुल्य स्थिर भएको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोवार भएको छ ।
शुक्रबार सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सोही मुल्यमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४ सय स्पैयाँमा कारोबार भएको छ । आज चाँदीको मुल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।



