images
images

एनआइ सी एशिया क्यापिटलको पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम भरतपुरमा सम्पन्न 


  • 570
    SHARES
  • २०७८ चैत्र १२ गते शनिबार

    एनआइ सी एशिया क्यापिटलको पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम भरतपुरमा सम्पन्न 

    काठमाडौं । एनआइ सी एशिया क्यापिटलको पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम भरतपुरमा सम्पन्न भएको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा बाग्मती प्रदेश अन्तर्गत हाकिम चोक, भरतपुर, चितवनमा दोश्रो प्रदेश स्तिरीय पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । 

    उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने तथा लगानी सम्बन्धी निर्णय लिदाँ ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा बिस्तृत जानकारी तथा छलफल गरिएको थिए । 

    मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाण्डौ उपत्यका  बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेकाले यस्तो कार्यक्रम गरिएको क्यापिटलले जनाएको छ। 

    उपत्यका बाहिरबाट कसरी मर्चेण्ट बैंकहरुले उपलब्ध गराएको सेवा लिन सकिन्छ भन्ने जानकारी दिन तथा नयाँ लगानीकर्ताहरुलाई सहज रुपमा पुँजीबजारमा आबद्ध भई सुरक्षित रुपमा शेयर कारोवार गर्न प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम गरिएको पनि क्यापिटलले जनाएको छ। 

    उक्त कार्यक्रममा ९० जना भन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहेको थियो भने क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापन तहाका कर्मचारीहरुको उपस्थिती रहेको थियो । 

     

     


    images
    images

    Logo