काठमाडौं । नेपाल प्रहरीका झन्डै १ सय ९१ प्रहरी नायव निरीक्षक (सई) बढुवाका लागि सिफारिसमा परेका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले नयाँ सिर्जित प्रहरी नायव निरीक्षक (एससई) मा बढुवाका लागि सिफारिस गरेको हो ।
सरकारले प्रहरी नियमावली संशोधन गर्दै प्रहरी निरीक्षक भन्दा तल ३ वटा नयाँ पद सिर्जना गरेको थियो । उक्त नियमावली अनुसार प्रहरी वरिष्ठ नायव निरीक्षक, वरिष्ठ हवल्दार र सहायका हवल्दारको पद सिर्जना भएको छ । पहिलो चरणमा सईलाई एससईमा बढुबाका लागि सिफारिस गरिएको हो ।
कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षकको लागि १ सय ९१ जना, वरिष्ठ हवल्दारको लागि १ हजार १ सय ७३ जना र सहायका हवल्दारको लागि १ हजार ७ सय ५२ जनालाई बढुवा दिने भएको थियो ।



