काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा कम्पनीले प्रत्येक तिन बर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीबन उत्थान बीमा योजना सार्वजनिक गरेको हो । बीमा समितीबाट स्वीकृत भई कार्यान्यवनमा आएको योजनाबाट बीमा गर्ने व्यक्तिले लाभ लिन सक्नेछन् ।
कम्पनीले सार्वजनिक गरेको बीमा उत्थान बीमा योजनामा न्युनतम ५० हजार आय श्रोतको आधारमा बीमा गर्न सक्ने ब्यवस्था रहेको छ । उक्त बीमा योजनामा सबैको पहुँच हुनेका साथै न्युनतम ९ बर्ष देखि अधिकतम १८ बर्ष सम्मको अवधि कायम गरी १६ बर्ष देखि ५० बर्षका ब्यक्तिहरुले बीमा गर्न सक्ने कम्पनीले जनाएको छ ।
बीमा गर्ने ब्यक्ति बीमा अवधि सम्म जिवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधि भित्र कालगतीले मृत्यु भएमा समेत बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ । कुनै कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क बराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुनेछ । उक्त योजनामा दुर्घटना लाभ वापतको अधिकतम रकम १ करोड सम्म हुने ब्यवस्था रहेको छ ।
प्रत्येक तिन बर्ष पुरा भएको बीमालेखको बार्षिकोत्सव मितिमा अग्रिम भुक्तानी वापतको रकम प्रदान गरिने र बीमा अवधि समाप्तीमा बीमितले प्राप्त गरेको अग्रिम भुक्तानी रकम पश्चात बाँकी हुन आउने बीमाङ्क रकम र बोनस समेत प्रदान गरिने ब्यवस्था रहेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णका अनुसार प्रत्येक तिन बर्ष पछि अग्रिम भुक्तानी हुने र सबै बर्गका मानिसहरुको पहुँचमा पुर्याउने उद्देश्यले ल्याईएको बीमा उक्त योजना बीमा गर्नेहरुको हितमा रहेको छ ।



