images
images

एनवाइइएफको मेची महाकाली मोटर र्याली  सुरु, ९० भन्दा बढी युवा उद्यमी सहभागी हुने


  • 335
    SHARES
  • २०७८ चैत्र ११ गते शुक्रबार

    एनवाइइएफको मेची महाकाली मोटर र्याली  सुरु, ९० भन्दा बढी युवा उद्यमी सहभागी हुने

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले पहिलो पटक मेची महाकाली मोटर र्याली यही २०२२ मार्च २४ देखि २८ सम्म आयोजना गरेको छ । उक्त मोटर र्यालीको नारा “आन्तरिक पर्यटनको लागि सबैसँगैˮ रहेको छ । यस कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने एनवाइइएफले उद्देश्य राखेकाे छ । 

    विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु यसमा सहभागी रहनेछन् । नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा बिहिबार विहान १०ः०० बजे झण्डा हल्लाएर मोटर र्यालीको उद्घाटन गरी सहभागी टीमलाई बिदाई गरेका थिए ।

    एनवाइइएफका अध्यक्ष उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न यो मोटर र्याली देशव्यापी रुपमा आयोजना गरिएको हो र यसको मुख्य उद्देश्यहरुमा जनतालाई अभिप्रेरित गर्ने एक प्रकारको छुट्टै खेल जस्तो हो उक्त खेलले सहास र मनोरञ्जन प्रदान गर्छ ।  व्यक्तिगत, सामुहिक र सार्वजनिक व्यापार व्यवसायलाई प्रबद्र्धन गरी उत्साह बढाउदछ ।

    साथै, यस मोटर र्यालीले व्यापार व्यवसाय उजागर गर्न अवसर तथा स्थान उपलब्ध गराउने । व्यवसायीलाई पूनर ताजगी हुन र स्थानीय संस्कृतीलाई प्रचार प्रसार गर्न समेत यसले सहयो गर्दछ । देशका विभिन्न स्थानहरुको चिनारी गर्न र सबै च्याप्टरका पदाधिकारीहरुबीच भेटघाट तथा भ्रमण गर्नु यस र्यालीको मुख्य उद्देश्य रहेको छ ।

    मोटर र्याली काठमाडौं, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ । त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्नेछ र मार्च २९ मा यस मोटर र्यालीको विधिवत समापन हुनेछ ।

     


    images
    images

    Logo