काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहिबार प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ सयमा कारोबार भएको संघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन आज प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी २५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



