images
images

मनकामना केबुलकार १ दिन बन्द हुने


  • 525
    SHARES
  • २०७८ चैत्र ११ गते शुक्रबार

    मनकामना केबुलकार १ दिन बन्द हुने

    काठमाडौं । नेपालको पहिलो केबुलकार मनकमना केबुलकार १ दिन बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार १ दिनका लागि बन्द गरिने भएको हो ।

    मर्मतसम्भारपछि चैत १५ गते मङ्गलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेशस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत रहने छ ।

    गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबुलकार स्तरोन्नतिको तयारीमा रहेको छ ।


    images
    images

    Logo