काठमाडौं । लुप नेटवर्कस लिमिटेडल ४ करोड बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त गरेको छ ।
एन आई सी एशिया क्यापिटलले “आईडीया टु आईपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनाकाल देखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।
सोही सेवा अन्तर्गत लुप नेटवर्कस लिमिटेडको १ सय रुपैयाँ अंकित दरका ४ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) सार्वजनिक निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
बिहिबार सो आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।



