काठमाडौं । बीमा समिितले बीमा कम्पनीहरुको न्यूनतम पुँजी बढाएको छ । बीमा समितिको बोर्ड बैठकले जीबन तथा निर्जीवन बीमा कम्पनीको न्यूनतम पुँजी डेढ गुणाले बढाएको हो ।
अहिले जीवनबीमा कम्पनीको पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको पुँजी १ अर्ब रुपैयाँ रहेको छ । यसलाई डेढ गुणाले वृद्धि गरी जीवनमीमा कम्पनीको ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ पुर्याइएको हो । पुनर्बीमा कम्पनीका लागि भने तत्काल न्यूनतम पुँजी बढाउनुपर्ने व्यवस्था गरिएको छैन ।
दुवै प्रकारका बीमा कन्पनीलाई पुँजी पुर्याउन १ वर्षको समय दिइएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले २०७९ चैत मसान्तसम्म सबै कम्पनीले तोकिएको चुक्ता पुँजी पुर्याउनुपर्ने बताए ।
सो समयभित्र आफैँ पुँजी पुर्याउन वा अर्को संस्थासँग मर्ज भएर पुँजी पुर्याउन विकल्प दिएको छ । यससम्बन्धी कार्ययोजना १ महिनाभित्र सञ्चालक समितिबाट स्वीकृत गराइ बीमा समितिमा पेश गर्नुपर्ने समेत निर्णय गरिएको छ ।



