काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा विजुली किन्ने भएको छ । आज राति १२ बजेदेखि सो बिजुली उपलब्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको हाे ।
विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले त्यति मूल्यमा कबोल गर्दा बिजुली पाइन्छ भन्ने अपेक्षा रहेको बताएका छन् । भारतमा कोइलाबाट उत्पादित बिजुली मात्रै निर्यात गर्न पाउने कानूनी व्यवस्था छ । उक्त कोइलाको मूल्य बढ्दा बिजुलीको पनि मूल्य बढेको भट्टराईले बताए ।
भारतबाट प्रतियुनिट २० रुपैयाँ भारुमा विजुली नेपालमा विजुली ल्याउँदा ३८ रुपैयाँ पर्न आउने उनले बताए ।