काठमाडौं । नेपाली सुनको मुल्य आज एकैदिन ११ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छ ।
बुधबार सुनको मुल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सो मूल्य एकैदिन १ हजार १ सय रुपैयाँले बढेर सुनको मुल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य भने ५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



