images
images

चीनबाट आयो २३२ मेट्रिक टन रासायनिक मल 


  • 528
    SHARES
  • २०७८ चैत्र १० गते बिहीबार

    चीनबाट आयो २३२ मेट्रिक टन रासायनिक मल 

    काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ । 

    तातोपानी नाका भएर बुधबार २ सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए। शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए । बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा १ हजार ५ सय मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ ।

    रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । बाँकी ८ हजार ५ सय मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ । 


    images
    images

    Logo