images
images

उद्योगमा गरिएको लोडसेडिङ समाधान गर्न कुलमानलाई अर्थमन्त्रीको निर्देशन


  • 347
    SHARES
  • २०७८ चैत्र ९ गते बुधबार

    उद्योगमा गरिएको लोडसेडिङ समाधान गर्न कुलमानलाई अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाइ उद्योगमा गरिएको लोडसेडिङ समाधान गर्न निर्देशन दिएका छन् । बुधबार दिउँसो प्रबन्ध निर्देशक घिसिङलाई फोन गरी बिजुली आपूर्ती र बितरणको अवस्थाबारे अर्थमन्त्री शर्माले जानकारी लिएका थिए सोही फोन मार्फत शर्माले लोडसेडिङको समस्या समाधान गर्न कुलमानलाई निर्देशन दिएका हुन् ।

    हाल देखिएको समस्या तत्काल सम्बोधन गरी उद्योग, कलकारखानामा उपलब्ध गराइरहेको बिजुली नियमित गर्न निर्देशन दिएका थिए । ‘अहिलेको जे समस्या हो, त्यसलाई चाँडो हल गरी उद्योगहरुमा मागअनुसार नियमित रुपमा बिजुली उपलब्ध गराउनुहोला’ प्रबन्ध निर्देशक घिसिङलाई निर्देशन दिदै अर्थमन्त्री शर्माले भने ।

    बुधबार दिउँसो अर्थ मन्त्रालयमा बीरगञ्ज उद्योग बाणिज्य संघका पदाधिकारीहरु मन्त्री शर्मालाई भेट गर्न आएका थिऐ । सोही बेला उद्योगी व्यवसायीले मंगलबारदेखी उद्योगमा बिजुली कटौती भएको गुनासो राखेका थिए । त्यसपछि अर्थमन्त्री शर्माले तत्कालै बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई फोन गरी बिजुली आपूर्ती सहज गर्न निर्देशन दिएका हुन् ।

    सो भेटमा बीरगञ्जका उद्योगी व्यवसायीले आफुले भोगिरहेको समस्या सुनाउँदै आगामी बजेट निर्माणमा सघाउ पुग्ने महत्वपूर्ण सुझावहरु दिएका थिए । बीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा आएको टोलीले मंगलबारदेखी उद्योगमा लोडसेडिङ भएकाले समस्यामा परेको, बैंकमा धरौटी राखेको पैसाको ब्याज आउने बाताबरण मिलाइदिनुपर्ने, कृषि क्षेत्रमा तोकिएको सिमाअनुसार बैंकले कर्जा बितरण गर्नुपर्ने, सामाजिक सरक्षा कोषलाई शंशोधन गरी उद्योगी र कर्मचारीमैत्री बनाउनुपर्ने, स्वास्थ्य–शिक्षासहित गाँँस, बास, कपासका उद्योगलाई आयकरमा छुट व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।

    ‘भन्सार मूल्यांकनमा थप सहजता चाहिन्छ । सेजमा स्थापना हुने उद्योगलाई निर्यातमा गरिएको प्रावधान केही खुकुलो बनाउने तथा आयकरमा विशेष सहुलियत हुनुपर्छ’ अध्यक्ष गुप्ताको सुझाव थियो । संघका महासचिव मनोजकुमार दासले भन्सार कार्यालयहरुमा कर बापत तिर्नुपर्ने रकम बुझाउँदा लामो समय लाग्ने गरेको गुनासो गरेका थिए । ‘कनेक्ट आइपिएसबाट पैसा पठाउँदा तुरुन्तै भुक्तानी हुन्छ तर भन्सारको प्रणालीमा पैसा पठाउँदा तीन घण्टा लाग्छ । यसलाई सरलीकरण गरिदिनुप¥यो’ उनले भने ।

    महासचिव दासले यस्तो गुनासो गरेपछि अर्थमन्त्री शर्माले तत्कालै भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई फोन गरी समस्याबारे जानकारी लिई सफ्टवेयर प्रणालीमा छिटो सुधार गर्न निर्देशन दिएका थिए । मन्त्री शर्माले व्यवसायीलाई सम्बोधन गर्दै बजेटको पूर्वसन्ध्यामा दिइएको सुझावलाई कार्यान्वयन गर्ने बताए । 

    उनले चालू आर्थिक वर्षमा ल्याइएको प्रतिस्थापन विद्येयकले नै निजी क्षेत्रलाई सहजीकरण गर्ने सरकारको घोषित नीति भएको स्मरण गराउँदै सबै उद्योगीको समस्या समाधान गर्न तयार रहेको बताए । उनले आयातमा सुधार गर्न सिमा क्षेत्रका नेपाली बजारमा ठूला घर, राम्रा पसल र सुविधाजनक कारोबार गरी भारतीय उपभोक्तालाई समेत आकर्षण गर्ने वातावरण सृजना गर्न पनि आग्रह गरे ।


    images
    images

    Logo