काठमाडौं । यातायात व्यवस्था विभागको सर्भरमा समस्या देखिएको छ । सर्भरमा विद्युतीय आपुर्तिमा समस्या देखिएपछि विभागले मर्मतमा लागि सर्भर सटडाउन गर्न लागेकाे छ ।
साँझ ५ बजेदेखि उक्त सेवा अवरुद्ध हुनेछ । यो समस्या समाधान नभएसम्म सबै सेवा अनिश्चितकालका लागि बन्द रहने विभागले जनाएको छ ।
विभागका प्रवक्ता लोकनाथ भुसालले मर्मतका लागि कार्यालय समयपछि सर्भर सटडाउन गर्न लागिएको बताए । सो समस्या भोलि बिहान १० बजेसम्म समाधान गरिसक्ने प्रयास गरिन उनको भनाइ छ ।
अहिले देशभरका यातायात कार्यालयले विभागकै सर्भर प्रयोग गर्छन् । भोलि बिहानसम्म समस्या समाधान नभएको अवस्थामा भने यसबाट देशभरका कार्यालयकाे सेवा प्रभावित हुनेछ ।