images
images

प्रथम राष्ट्रव्यापि भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता सुरु


  • 422
    SHARES
  • २०७८ चैत्र ९ गते बुधबार

    प्रथम राष्ट्रव्यापि भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता सुरु

    काठमाडौं ।  भक्तपुरमा प्रथम राष्ट्रव्यापी व्याडमिन्टन शुरू भएकाे छ । चार दिनसम्गम चल्ने सम्मको खुल्ला प्रतियोगिताकाे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरे । प्रजापतिले प्रतियोगिता हार र जीत भन्दा पनि अनुशासन र मित्रतामा रहेर प्रतियोगिता खेल्न पर्ने बताए। 

    नेपाल सरकारले खेलकुदलाई प्राथामिकतामा राख्दै खेलकुदबारे विश्वविद्यालय स्थापना गरी खेलाडीहरु दिक्षित गर्ने अवसर प्रदान गर्नुपर्ने भन्दै प्रमुख प्रजापतिले महेश्वरी खेलमैदानमा स्टेडियम बनाउन आवश्यक पहलहरु भइरहेको बताए । 

    नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रतियोगिता पूर्ण सफलताको कामना गर्नुहुँदै भक्तपुर जिल्ला ब्याडमिन्टन संघ स्थापनाले ब्याडमिन्टन क्षेत्रको विकास र प्रवद्धनमा सकारात्मक प्रभाव पारेको बताए ।

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले खेलाडीहरुलाई उत्साहित गर्न यस किसिमको प्रतियोगिता आयोजना गरिनुपर्ने भन्दै खेलाडीहरुमा लुकेका प्रतिभा पहिचान र आफूमा भएको क्षमता अभिवृद्धि गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन्  ।

    भक्तपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले संघ स्थापनाको उद्देश्य र खेल विकासका लागि गर्दै आइरहेको भूमिकाबारे प्रष्ट पार्दैै भक्तपुर नगरपालिकाले  निर्माण गरेको कभर्ड हलका कारण प्रतियोगिता सहज ढंगले सञ्चालन गर्न सहयोगी भूमिका खेलेको बताए ।

    उद्घाटन कार्यक्रममा संघका उपाध्यक्ष नबिन प्रजापतिले पनि बोल्नुभएको थियो भने रेफ्रीका तर्फबाट अनुपरत्न शाक्य र खेलाडीका तर्फबाट आयुष प्रजापतिले निष्पक्ष र अनुशासित ढंगले खेल सम्पन्न गर्न सपथ ग्रहण गरेका छन् ।
    खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिहरुले ब्याडमिन्टन खेलेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम सुरु हुनु अगाडि भक्तपुरको सूर्यमढी हुँदै लिबाली कभर्ड हलसम्म ¥याली भएको थियो ।


    images
    images

    Logo