images
images

वित्तीय साक्षरता सप्ताहः मिर्मिरे लघुवित्तद्धारा तीन स्थानमा कार्यक्रम सञ्चालन


  • 555
    SHARES
  • २०७८ चैत्र ९ गते बुधबार

    वित्तीय साक्षरता सप्ताहः मिर्मिरे लघुवित्तद्धारा तीन स्थानमा कार्यक्रम सञ्चालन

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले साप्ताहिक वित्तीय साक्षरता सचेतना अभियान गर्नका लागि बिभिन्न तीन स्थानमा कायक्रम सञ्चालन गरेको छ । ग्लोबल मनिविक को अर्डिनेशन कमिटीको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकले यहि चैत्र ७ गते देखि १३ गते सम्मवित्तीय साक्षरता मार्ग दर्शन,२०७८ कार्यक्रम संचालनको लागिमातहतका बैंक तथावित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशन बमोजिममिर्मिरे लघुवित्त वित्तीय संस्थाले सप्ताहव्यापी कार्यक्रमहरु संचालन गरेको हो ।


    मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साप्ताहिक वित्तीय साक्षरता सचेतना अभियानको दोश्रो दिन मंगलबार मधेश प्रदेश अन्तर्गतका शाखा कार्यालयहरु कलैया र फेटाका सदस्यतथा स्थानीय वासिन्दाहरु सहित कलैयाको बजारमा वित्तीय जागरण सम्वन्धिप्ले कार्डहरु एवं श्रव्य सामाग्रीहरु सहित ¥यालीले वजार परिक्रमा गरेको थिए । 

    बजार परिक्रमपश्चात करण राज होटल एण्ड पार्टी प्यालेसमा केन्द्र प्रमुख राधिका देवीशाहको सभाध्यक्षतामा अन्तक्रिया कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा मधेश प्रदेश प्रमुख रामकिशोर चौधरीले वित्तीय सचेतना अन्तर्गत वचतको महत्व, कर्जा परिचालन, बीमाको महत्व र आवश्यकता, सफा नोट नितिलगायतको विषयमा सहजिकरण गरेका थिए । 

    कार्यक्रममा वित्तीय सचेतना सम्बन्धि सन्देशमुलक भिडियोहरु समेत प्रदर्शन गरिएको थियो । शाखा कार्यालय कलैयाका कर्मचारी फणिन्द्र कुमार शाहले संचालन गरेको कार्यक्रममा मधेश प्रदेश उपप्रमुख षडेन्द्र प्रसाद त्रिखत्री,कलैया शाखाकाप्रमुख बम बहादुर चौधरी, फेटा शाखाकाप्रमुखकुलदिप सिंह साउद,खोप वा शाखाका प्रमुख विनोद कुमार चौधरी लगायतको उपस्थिती रहेको थियो ।

    त्यसै गरि प्रदेश नं. १ अन्तर्गत झापाको जुरोपानीशाखाअन्तर्गतका स्थानीयवासीएवं सदस्यहरु सहितको वित्तीय साक्षरताजनचेतनाकार्यक्रम संचालन गरेको छ । प्रदेश प्रमुख सुरेश बहादुर खड्काले सहजिकरण गरेको कार्यक्रममा उपप्रमुखहरु किरण विष्ट जुरोपानीशाखाप्रमुखनिता राई लगायतको उपस्थिती रहेको थियो । 

    त्यसै गरी पश्चिीमी क्षेत्रमा मिर्मिरेको शिशै उपप्रादेशिक कार्यालय अन्तर्गतका बेलासपुर, धकधई र जहदा क्षेत्रलाई समेटेर वित्तीय साक्षरता सम्बन्धिजनचेतनाकार्यक्रम संचालनगरिएको छ । शिशै उपप्रदेश प्रमुखमनोज वलीले सहजिकरण गरेको कार्यक्रममासो क्षेत्रका शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।


    images
    images

    Logo