काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाको जिल्ला प्रमुख अधिकारीलाई परिर्वतन गरेको छ । गृह मन्त्रालयले दोलखा र पर्वत जिल्लामा नयाँ सीडीओलाई खटाइएको छ ।
दोलखामा भोजराज खतिवडालाई नयाँ सीडीओको रुपमा पठाएको छ । भने पर्वत जिल्लामा नयाँ सीडीओको रुपमा नारायण सापकोटालाई पठाएको छ । पर्वतमा कार्यरत देवी पाण्डे खत्रीलाई मन्त्रालयमा तानेको छ । पर्वतबाट तानेको देवी पाण्डे खत्रीलाई विपत प्राधिकरणको जिम्मवारी दिएको छ ।