काठमाडौं । नेपाली बजारमा आज एकैदिन सुनको मुल्य ११ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्यको मुल्यमा १ हजार १ सय रुपैयाँले घटेर सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोवार भएको छ । भने चाँदीको मुल्यमा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



