राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी, रेल संचालनको बाटो खुल्यो
493
SHARES
२०७८ चैत्र ८ गते मंगलबार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संबिधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।
अध्यादेश जारी भएसँगै अब रेल सञ्चालनका लागि कानुनी बाटो खुलेको छ । अब दुई साता भित्र रेलको आाधिकारिक रुपमा उद्घाटन गरेर जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म ३४ दशमलव ९ किलोमिटर दूरीमा रेल संचालन गर्ने तयारी भएको छ ।
यस अघि गत फागुन १ गतेदेखि यात्रुबिना परीक्षण शुरु गरिएको थियो । नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगरसम्मको यात्रामा सामान्यको ७० र एसी सिटको ३ सय रुपैयाँ भाडादर कायम गरेको छ ।