काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक कमलेश अग्रवालको राजीनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको चैत ७ गते बसेको बैठकले सञ्चालक अग्रवालको राजीनामा स्वीकृत गरेको हो ।
अग्रवालले व्यक्तिगत कारण देखाई स्वेच्छाले स्वतन्त्र सञ्चालक पदबाट राजीनामा दिएका थिए ।