images
images

एनआरएन विवाद समाधान भएकोमा ३४ देशका जनसम्पर्क समितिको स्वागत


  • 472
    SHARES
  • २०७८ चैत्र ८ गते मंगलबार

    एनआरएन विवाद समाधान भएकोमा ३४ देशका जनसम्पर्क समितिको स्वागत

    काठमाडौं । ३४ देशका जनसम्पर्क समितिले गैर आवासीय नेपाली संघ (एनआरएन) को विवाद समाधान भएकोमा खुसी व्यक्त गरेका छन् । मंगलबार विज्ञप्ती जारी गर्दै नेपाली काँग्रेस निकट ती स‌गठनहरुले यो खबरले आफूहरु उत्साहित भएको उल्लेख गरेका हुन् । उनीहरुले एनआरएनका जिम्मेवार पक्षले सहमति, सहकार्य र एकताको मूल भावना आत्मसात समझदारी देखाएको समेत जनाएको छ । 

    पछिल्लो समय एनआरएनमा वर्तमान अध्यक्ष कुमार पन्त र अध्यक्षका प्रत्यासी कुल आचार्य समूहबीचको विवाद उत्कर्षमा पुग्दा एनआरएन फुटको नजिक पुगेको थियो । दुवै समूहले छुट्टाछुट्टै महाधिवेशन आयोजक समिति बनाएका थिए भने एकले अर्काको अस्थित्व नै स्वीकार नगर्ने अवस्था थियो । याे विवाद मिलाउन काँग्रेसले उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्री गगन थापा लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जनसम्पर्क समितिहरुले जारी गरेको विज्ञप्तीमा पार्टी नेतृत्वले विवाद समाधानका लागि खेलेको भूमिकाप्रति समेत आभार व्यक्त गरेको छ । 

    एनआरएन फूटको नजिक पुगेपछि यसअघि जनसम्पर्क समितिहरुले विवाद समाधान गरी सम्भावित विभाजन रोक्न स‌युक्त रुपमा पहल गरेका थिए । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टको नेतृत्वमा स‌युक्त रुपमा यस्तो पहल गरिएको थियो । यो पहल सार्थक भएको भन्दै विज्ञप्तीमा विष्टप्रति धन्यवाद समेत व्यक्त गरिएको छ । 

    विज्ञप्तीमा एनआरएनभित्रको असहज परिस्थितिलाई समाधान गर्न पहल गर्ने र यसमा लचकता देखाउने सबैप्रति धन्यवाद समेत व्यक्त गरिएको छ । आगामी दिनमा नेपाली जनसम्पर्क समितिहरु एनआरएनसँग हातेमालो र सहकार्य गर्दै आम प्रवासी नेपालीको हकअधिकारको लागि काम गर्न तयार रहेको समेत उल्लेख गरेको छ । 

    यस्तो छ जनसम्पर्क समितिहरुको स‌ंयुक्त विज्ञप्ती

    मिति : मार्च २२, २०२२ 

    विश्वभर छरिएर रहेका आम गैर आवासीय नेपालीहरुको प्रतिनिधिमूलक संस्था गैर आवासीय नेपाली संघमा उत्पन्न पछिल्लो संकट समाधान भएको सुखद खबरले हामी अत्यन्त उत्साहित भएका छौं। 

    हाम्रो पार्टी नेपाली कांग्रेसका श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालाले मार्गदर्शन गर्नु भएको सहमति,सहकार्य र आपसी एकताको मूल भावनालाई सम्मान गर्दै एनआरएनका जिम्मेवार पक्षले एकता र भाइचाराका लागि हार्दिकतापूर्वक देखाएको यो समझदारीको नेपाली जनसम्पर्क समिति स्वागत गर्दछ । 

    संघभित्रका आन्तरिक विषयलाई यस्तै समझदारी र सहकार्यको भावनाबाट समाधान गर्न सकिन्छ भन्ने हाम्रो मान्यता छ। विभाजनको संघारमा पुग्न लागेको एनआरएनको यो संकटलाई समाधान गर्न हाम्रो पार्टीका श्रद्धेय सभापति एवं सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको निर्देशनमा पार्टी उपसभापति आदरणीय श्री पूर्णबहादुर खड्काज्यू,महामन्त्री श्री गगन थापाज्यूलगायतकानेताहरुले गर्नु भएको समन्वयात्मक र निर्णायक पहलकदमीको हामी उच्च सम्मान गर्दछौं। सहमतिका लागि वातावरण निर्माण गर्ने र संघलाई थप मजबुत बनाउन एकताबद्ध भएर अघि बढ्न प्रतिबद्धता जनाउने सम्बन्धित सबै पक्षलाई हामी धन्यवाद ब्यक्त गर्दछौं। 

    विभाजनमा होइन,एकतामा नै हाम्रो लक्ष्य प्राप्ती हुन्छ र प्रवासमा रहेका आम नेपालीहरुको हित र अधिकारको रक्षाका लागि एकताबद्ध हुनुको विकल्प नरहेको भन्दै हामी विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिका सभापतिहरुले यही मार्च १५ तारिखका मितिमा एक संयुक्त बैठक गरी सम्भावित विभाजन रोक्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको पनि स्मरण गराउन चाहन्छौं। 

    एनआरएनभित्र देखिएको असहज अवस्थाले आम सदस्य र हामी सबै चिन्तित भएको परिस्थितिमा आज सोमवार हामीले नेपाली कांग्रेसका निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका सभापति श्री आनन्द विष्टज्यूको समन्वयमा समितिका सबै सभापतिहरुको संयुक्त बैठक बसी एनआरएनभित्रको विवाद समाधानका लागि पहल गर्ने हाम्रो पार्टी नेतृत्व र सम्बन्धित सबैलाई धन्यवाद दिने निर्णय समेत गरेको छ। 

    हामी पुन: एकपटक एनआरएन भित्रको असहज परिस्थितिलाई समाधान गर्न पहल गर्ने र यसका लागि लचकता देखाउने सबैलाई धन्यवाद व्यक्त गर्दछौं। साथै नेपाली जनसम्पर्क समिति,परिवार गैर आवासीय नेपाली संघसँग हातेमालो र सहकार्य गर्दै आम प्रवासी नेपालीहरुको हक,अधिकारको सुरक्षा र समुन्नतिका लागि काम गर्न सधैं तयार रहेको समेत प्रष्ट पार्दछौं। 

    धन्यवाद 

    जय नेपाल। 

    तपसिल :

    १. आनन्द बिष्ट  - सभापति, नेजस,अमेरिका
    २. बालकृष्ण पाण्डे - सभापति, नेजस, भारत
    ३. बुद्धिप्रकाश वली - सभापति, नेजस क्यानडा 
    ४. भुवानीप्रसाद तिमल्सिना - सभापति, नेजस युएइ  
    ५. सीता अर्याल - सभापति, नेजस साईप्रस
    ६. शिखर खड्का - सभापति, नेजस जर्मनी
    ७. पदम सुन्दर गुरुङ - सभापति, नेजस बहराइन
    ८. अर्जुन थापा - सभापति, नेजस साउदी अरब
    ९. मोहम्मद अजिज अली - सभापति, नेजस कतार
    १०. राजेन्द्र  रसाईली बिरही - सभापति, नेजस कुवेत 
    ११. शालिक चापागाई -सभापति, नेजस ओमान
    १२. दिपिका भुषाल - सभापति, नेजस इजरायल 
    १३. युवराज गुरुङ - सभापति, नेजस युके 
    १४. पुर्ण तिमिल्सिना - सभापति, नेजस बेल्जियम 
    १५. इन्द्र शर्मा - सभापति, नेजस फ्रान्स 
    १६. जीवन सिँह कुँवर - संयोजक, नेजस अष्ट्रिया 
    १७. भजेन्द्र क्षेत्री - सभापति, नेजस कोरिया
    १८. रोशन केसी - सभापति, नेजस जापान 
    १९. सन्देश केसी - सभापति, नेजस माल्टा  
    २०. शालिक गौतम - सभापति, नेजस नेदरल्याड 
    २१. सुरेश रानसिंह गुरुङ- सभापति, नेजस अष्ट्रेलिया 
    २२. जितेन्द्र  शाही - सभापति, नेजस नर्वे 
    २३. यादब  बस्नेत - सभापति, नेजस डेनमार्क  
    २४. चोलाकान्त पंगेनी - सभापति, नेजस मलेसिया 
    २५. नवीन थपलिया - सभापति, नेजस इटली
    २६. अंकित ओली- सभापति, नेजस आयरल्याण्ड  
    २७. भिम परियार - सभापति, नेजस पोल्यान्ड 
    २८. चन्डी योङ्गया - सभापति, नेजस मकाउ
    २९. सन्तोष  श्रेष्ठ- सभापति, नेजस स्पेन 
    ३०. बुद्धिसागर घिमिरे - सभापति, नेजस न्यूजिल्याण्ड 
    ३१. वकील केसी - सभापति, नेजस पोर्चुगल 
    ३२. श्याम सापकोटा- सभापति, नेजस स्वीटजरल्याण्ड 
    ३३. चण्डी माकु - सभापति, नेजस, हंगकंग 
    ३४. बालकृष्ण सापकोटा- सभापति, नेजस लक्जेम्बर्ग


    images
    images

    Logo