काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मुल्य १ लाख माथि पुगेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छ ।
सोमबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्यमा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।